७ श्रावण २०८३, बिहिबार

एनएमबी बैंकको ६६ हजार कित्ता शेयर बिक्रीमा



काठमाडौं । एनएमबी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ६६ हजार ६३० कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका संंस्थापक शेयरधनी विजय मान बहादुर फागुले आफ्नो नाममा रहेको ५२ हजार ३०५ कित्ता र भानु भक्त शर्माले १४ हजार ३२५ कित्ता सेयर बिक्रीका लागि आवदेन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति –भदौ ६ गते) ले ३५ दिन बैंकको कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको अवधि भित्र शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्