७ श्रावण २०८३, बिहिबार

’नबिल जनरल अल्फा’ को ब्राण्ड एम्बासेडरमा समाज सेवी प्रेन्सा रेग्मी नियुक्त



काठमाडौं । नबिल बैंकले समाजसेवी प्रेन्सा रेग्मीलाई नबिल जेन अल्फाको ब्रान्ड एम्बेसडरमानियुक्त गरेको छ । नबिल जेन अल्फा १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षितगरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमाआधारित प्रोडक्ट हो ।

अभिभावकहरूले यस एपमार्फत् आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्छन् । बालबालिकाहरुले पनिदिइएको कार्य सम्पादन पछि अंककमाउन सक्छन् र त्यहि अंक लिंक गरिएकोे खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको छ । यो प्रोडक्ट मार्फत् बालबालिकाहरुलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ ।

बैंकले रेग्मीलाई ब्रान्ड एम्बेसडर मानि युक्त गर्न पाउँदाखुसी व्यक्त गरेको छ । रेग्मीले महामारीको समयमा सर्जिकलमास्कवितरण गरेर आठ वर्षको उमेरमा सामाजिककार्यको थालनी गरेकी थिइन् । पोखराको बिरौटाका स्थायीबासिन्दा ९ वर्षीया रेग्मीले भर्खरै दुबईमा Global Child Prodigy Awards 2022 जितेकी छन् ।

’नबिल जनरल अल्फा’ बालबालिकालाई मार्गदर्शन गर्न, उत्प्रेरित रप्रोत्साहित गर्र्न ल्याइएको एपमाआधारित नेपालकै पहिलो डिजिटल प्रोडक्टहो,” नबिल बैंककाप्रमुखकार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले जानकारी दिए ।“प्रेन्साएक समाज सेवी तथा हाम्रो लक्षित समूहलाई प्रतिनीधित्वगर्ने प्रेरणादायी पात्रभएकोलेहामीले उहाँलाई यो प्रोडक्टको लागि सही फिट पाएका छौं,”उनले थपे ।

यो प्रोडक्टप्राविधिक ज्ञान भएकानयाँ पुस्ताका बालबालिकालाई लक्षित गरी ल्याएको बताउँदै ढुङ्गानाले भने, “हामीले एउटा एपविकास गरेका छौं, जहाँबालबालिकाले आफ्नाअभिभावकले तोकेको काममा अंक कमाउन सक्छन्। यसरी बच्चाहरूले घरको कामर जीवन सीपहरू सिक्दै आफ्नो लिङ्कगरिएको खातामा पैसा कमाउन सक्छन्।”उनले यस एपले सानै उमेरबाट बालबालिकाहरुमा वित्तीय साक्षरता बढाउने, बचतको महत्व र बजेटको बारेमासिक्न र बुद्धिमतापूर्वक खर्च गरेर चाहना र आवश्यकताबीचको भिन्नता बुझ्न मद्दत गर्ने बताए । बैंकले सेप्टेम्बरबाट उत्पादन सार्वजनिक गर्ने योजना बनाएको छ ।


प्रतिक्रिया दिनुहोस्