सानिमा बैंकले सिआस्बा शुल्क नलिने
काठमाडौं । सानिमा बैंकले सि – आस्बा शुल्क नलिने भएको छ । बैंकले भदौ ५ गतेदेखि लागू हुने गरी सम्पूर्ण सि – आस्बा आवेदन शुल्क नलाग्ने ब्यवस्था गरेको हो ।
नेपाल धितोपत्र बोर्डले अधिकतम सिआस्बा शुल्क ५ रुपैयाँ दिन पाउने ब्यवस्था सुरु गरेसँगै सानिमा बैंकले निशुल्क ब्यवस्था गरेको हो । यसअघि बैंकले सिआस्बा शुल्क २० लिने गरेको थियो ।
यस बैंकसँगै आस्बा शुल्क नलिने बैंकको सख्या ५ पुगेको छ । कुमारी बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र राष्ट्रिय बाणिज्य बैंकले सि – आस्बा शुल्क लिदैनन् ।













