एमजी जेडएस इभीको बुकिङ्ग खुला, ८० प्रतिशतसम्म फाइनान्सको सुविधा (मूल्य र फिचरसहित)
काठमाडौं । एमजी जेडएस इभीको बुकिङ खुल्ला भएको छ । एमजीको आधिकारिकि बिक्रेता पारामाउन्ट मोटर्सले जेडएस इभीको बुकिङ्ग खुला गरेको हो ।
एमजी जेडएस इभीमा ७२ किलोवाट आवरको (लिथियम आयोन) ब्याट्री रहेको छ । यसलाई एक पटकको फुलचार्जमा ४४० किलोमिटरसम्म कुदाउन सकिने छ ।
कम्पनीका अनुसार यसले १५० किलोवाट क्षमताको डिसी चार्जर सपोर्ट गर्न सक्छ । यो गाडी फुल चार्ज हुन डीसी चार्जरले ३७ मिनेट चार्ज गर्दा २९२ किलोमिटर गुडान मिल्ने एमजी मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले बताए । उनका अनुसार ७.४ किलोवाट क्षमताको एसी चार्जरले ११ घन्टामा फुल चार्ज हुनेछ । जनरल म्यानेजर अर्यालले भने,–”एमजी जेडएस इभीको मूल्य बुकिङ्गका लागि ८१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ, हामीले ८० प्रतिशत फाइनान्सको सुविधा दिएका छौं ।”
नयाँ आउँन लागेको यो कारमा उन्नत किसिमको फिचर रहेको छ । रिडिजाइन बम्पर, नयाँ हेडल्याम्प र टेलल्याम्प, बडी कलरको फ्रन्ट ग्रिल, १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, आई–स्मार्ट कनेक्ट कार टेक्नोलोजी जस्ता फिचर रहेका छन् ।

यसको ड्यासवोर्ड र सुरक्षा फिचरमा पनि परिवर्तन भएको बताइएको छ । एमजी जेडएस ईभी नेपालमा सर्वाधिक सफल एसयूभी हो ।
सस्पेन्सनः फ्रन्ट म्याकफर्सन-रियर चर क्रस–सेक्शन टोर्सन बीम, अगाडि पछाडि डिस्क ब्रेक, एपीबी पार्किङ्ग ब्रेक र स्टेरिङ् सिस्टम एपीएस रहेको छ । यसका साथै अनुकुल क्रुज कन्ट्रोल, इन्टिलीजेन्ट हाइ बीम कन्ट्रोल, स्पीड एशिसट्यान्स सिस्टम, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ्ग लगायतका एक्ट्रा फिचरहरु समावेश गरिएको छ ।
जेडएस इभी विभिन्न पाँच रंगहरुमा उपलब्ध रहेका छन् । कम्पनीका अनुसार यो इभी कोमो ब्लू, कोस्मिक सिल्भर, डायमंड रेड, पेबल ब्ल्याक, र डोभर ह्वाइट कलरमा उपलब्ध गरेको छ ।
















