यामाहा आर १५ भी ४ सार्वजनिक: कति पर्छ मूल्य ? यस्ता छन् फिचरहरु
काठमाडौं । यामाहा आर १५ भी ४ लन्च भएको छ । बिहीबार काठमाडौंको यामाहा ब्लू स्क्यावार सोरुममा उक्त मोटरसाइकल लन्च गरिएको हो ।
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले उक्त बाइक लन्च गरेको हो ।यो बाइक १५५ सीसी क्षमताको लिक्वीड कुल्ड भिभिए एफआई इन्जिनको प्रयोग गरेको छ ।
उक्त इन्जिनले अधिकतम १८.३ बीएच पावर र १४.१ एनएम टर्क प्रदान गर्ने एमएडब्ल्यू इन्टरप्राइजेज कार्यकारी अधिकृत (सीईओ) राजु क्षेत्रीले बताए । यसको कुल तौल १४२ केजी रहेको छ । यसका ६ स्पीड गियरबक्सको साथमा स्लीपर क्लच दिइएको सीईओ क्षेत्रीले बताए ।
उनका अनुसार यसमा एग्जस्ट, ठूलो विन्ड स्कृन, पूर्ण डिजिटल इन्स्टुमेन्ट क्लष्टर, व्लुटुथ कनेक्टीभीटी, क्वीक सिफ्टर, ट्रयाक्सन कन्ट्रोल, नयाँ बडी ग्राफिक, यूएसडी फर्क, नयाँ हेडलाइट जस्ता फिचरहरु पाउन सकिन्छ ।
कम्पनीले यसका ६ स्पीड गियरबक्सको साथमा स्लीपर क्लच दिइएको छ । मोटरसाइकलको कुल तौल १४२ किलोग्राम रहेको छ । आर १५ भी ४ मा ब्लुटुथ कनेक्टिभिटी फिचर रहेको छ । सो फिचरमार्फत यामाहाको नेटिभ एपको माध्यमबाट स्मार्टफोन कनेक्ट गर्न सकिनेछ । यसको नेपाली बजारमा ५ लाख ७२ हजार ९०० रुपैयाँ पर्नेछ । यो बाइक ब्लू, रेड र ब्ल्याक गरि मुख्य तीन कलरमा पाउन सकिनेछ ।
















