८ श्रावण २०८३, शुक्रबार

१६.५१ प्रतिशत लाभांश पारितका लागि स्टान्डर्ड चार्टर्ड बैंकको साधारण सभा आज बस्दैं



काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको ३६औं वार्षिक साधारण सभा आज अर्थात मंसिर २५ गते बस्दशै छ । सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा दिउँसो १ बजे बस्ने गरी बोलाएको हो ।

बैंकले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई १६.५१ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्ने छ । साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।

बैंकले साधारण सभा र लाभांश प्रयोजनका लागि मंसिर ७ गते बुक क्लोज गरेको हुदाँ मंसिर ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्