८ श्रावण २०८३, शुक्रबार

एभरेष्ट बैंकको साधारण सभा भोलि बस्दैं, के के छन् एजेण्डा ?



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा भोलि (मंसिर २६ गते) बस्दै छ । सभा लैनचौर बैंक्वेट लैनचौर, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।

सभामा आर्थिक वर्ष २०७८।०७९ को नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साथै, अधिकृत पुँजी १० अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ पुर्याउने र बैंकले हालै साधारण सेयरमा परिणत गरेको ७ प्रतिशत अग्राधिकार सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा रहेको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते बुक क्लोज गरेको हुदाँ मंसिर १२ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्