एक कम्पनीले पठायो सेयरधनीको बैंक खातामा लाभांश
काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले नगद लाभांश वितरण गरेको छ । कम्पनीले सम्वन्धित सेयरधनीको बैंक खाता नगद लाभांश जम्मा गरिदिएको हो ।
कम्पनीले गत असोज २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा गरिदिएको जनाएको छ ।
असोज १३ गतेसम्म हितग्राही खातामा बैंक खातासमेत अद्यावधिक गराएका सेयरधनीको हकमा सम्बन्धित बैंक खातामा नै जम्मा भइरहेको कम्पनीले जनाएको छ । त्यस मितिपश्चात बैक खाता अद्यावधिक गराएका सेयरधनीको पनि क्रमशः बैंक खातामा नै जम्मा हुने कम्पनीले सूचना मार्फत जनाएको छ ।













