दुई वाणिज्य बैंकले बनाए शेयरधनीको हात रित्तो
काठमाडौं । लाभांश सिजन चलि रहेको छ । अधिकांश बैंक तथा वित्तीय सस्थाहरुले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेर मख्ख गराइरहका छन् ।
धमाधम लाभांश प्रस्ताव चलि रहदाँ २ वाणिज्य बैंकहरुले भने शेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेका छन् । लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडले शेयरधनीहरुलाई लाभांश नदिने भएका हुन ।
लक्ष्मी बैंकको मंसिर २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश नदिने भएको हो । गत आर्थिक वर्ष २०७७।०७८ मा भने बैकले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस र ३.५ प्रतिशत नगद दिएको थियो ।
सनराइज बैकको मंसिर २५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई नगद लाभांश तथा बोनस लाभांश नदिने निर्णय गरेको हो । बैंकले आर्थिक वर्ष २०७७।०७८ मा भने बैंकले ६.६५ प्रतिशत बोनस र ०.३५ नगद गरी कुल ७ प्रतिशत लाभांश वितरण गरे













