८ श्रावण २०८३, शुक्रबार

प्रभु बैंकले ४० लाख कित्ता शेयर बिक्री खुला, प्रतिकित्ता १२६ रुपैयाँमा किन्ने मौका



काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्री खुला गरेको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुको नाममा रहेको ४० कित्ता शेयर आज (मंसिर २८ गते) देखि बिक्री गरेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य १२६ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंतिक गरी बोलकबोल गर्नुपर्नछ ।

शेयरमा कम्पनीका विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले पनि बोलकबोलमा भाग लिन पाउनेछन् । उक्त शेयरमा न्यूनतम १० हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पुष १३ गतेसम्म बोलकबोल पेश गर्ने सकिनेछ ।

बोलकबोल फाराम बैंकको बिक्री प्रबन्धक प्रभु क्यापिटलबाट प्राप्त गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्