‘भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ रोकाया र घिमिरेलाई प्रदान
काठमाडौं । भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिकता पुरस्कार सन्तोष रोकाया र सम्झना घिमिरेलाई प्रदान गरिएको छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औँ साधारण सभा तथा छैठौँ महासभाको अवसरमा रोकाय र घिमिरेलाई पुरस्कार प्रदान गरिएको हो । भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार २०७९ घिमिरे र भरतमोहन अधिकारी नाफिज सहकारी पत्रकारिता पुरस्कार २०७९ रोकायलाई प्रदान गरिएको हो ।
भरतमोहन स्मृति फाउण्डेसनको आर्थिक सहयोगमा स्थापना गरिएको पुरस्कारको राशी ५०–५० हजार र प्रमाणपत्र रहेको छ । रोकाय विकास न्युजमा आबद्ध रहेका छन् भने घिमिरे सिलपत्र डटकममा आवद्ध छिन् ।













