७ श्रावण २०८३, बिहिबार

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुनको बोनस कति ?



काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुले लाभांश प्रस्ताव गरी रहेका छन् । उक्त लाभांश पारितका लागि कम्पनीलहरुले वार्षिक साधारण सभा बोलाउँदैं आइरहेको छ । आज (मंसिर २९ गते) २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ ।

चिलिमे जलविद्युत कम्पनी र प्रभु बैंकको लाभांश सुरगित गर्ने आज अन्तिम मौका रहेको छ ।

चिलिमे जलविद्युत कम्पनी

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ३ गते बुक क्लोज गर्ने भएको हुदाँ मंसिर २९ गतेसम्मम कायम शेयरधनीहरुले मात्र सभा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले गत आर्थिक वर्षका मुनाफाबाट कम्पनीले घोषणा गरेको ७।५ प्रतिशत बोनस र ७।५ प्रतिशत नगद (कर प्रयोजन) का लागि वितरण गर्ने प्रस्ताव पारित गर्ने छ।

चिलिमे जलविद्युत कम्पनीले २६औं वार्षिक साधारण सभा पुस २२ गते गर्ने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ गते बस्ने गरी आव्हान गरेको हो ।

प्रभु बैंक

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १ गते बुक क्लोज गर्ने भएको हुदाँ मंसिर २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ६.५० प्रतिशत बोनस शेयर र १.५० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस १४ गते साधारण सभा आयोजना गरेको छ ।

सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहानको ९ बजे शुरू हुनेछ । साथै, सभामार्फत प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्