२३ श्रावण २०८३, शनिबार

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक प्रभाकरले दिए राजीनामा



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । ४ महिना अगाडि मात्र प्रशिक्षक नियुक्त भएका प्रभाकरले मंसिर २९ देखि लागू हुने गरी राजीनामा दिएका हुन् ।

क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरेपनि लगातारको खराव नतिजा, खेलाडीसँग बिग्रिँदो सम्बन्ध र प्रशिक्षण शैलीमा प्रश्न उठेपछि प्रभाकरसँगको सम्झौता टुंग्यायने पक्षमा क्यान आफैं पुगेको थियो ।