निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति ?



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । ।

शुक्रबार (पुष १ गते) राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । यस्तै एलपी ग्यास र हवाइ इन्धको मूल्य भने हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल र मटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको थियो ।


प्रतिक्रिया दिनुहोस्