२३ श्रावण २०८३, शनिबार

धनगढीका खोलानाला सरसफाईमा सक्रिय हुदैं जागौँ युवा, जनप्रतिनिधिको समेत साथ



काठमाडौं । कैलालीको धनगढीलाई सुन्दर सहर बनाउन जागौं युवा संस्था सक्रिय भएको छ । जागौं युवा संस्था आज (पुष २ गते) दोस्रो चरण अन्तर्गत धनगढी उपमहानगरपालिका–८ मा रहेको शिवनगर नालामा सरसफाई अभियानलाई जारी राखिएको हो ।

शिवनगर खोलामा रहेको स्टिल पुल (सेल्फी पुल) मुनी रहेको फोहोर सफा गरेको हो । उक्त स्थानमा संस्थाले गत शनिबार पनि सफाई गरिएको जनाएको छ । संस्थाले चालेको कदममा सरकारी निकाय समेत साथ रहेको छ । खोलानालामा जनसंख्या वृद्धि तथा अनेकौं कारण फोहोर बढ्दैं गएको बेला गुपचुप रहेको स्थानिय सरकारले अहिले भने संस्थाको सरसफाइ अभियानमा साथ दिएको हो । आज उत्तः कार्यक्रममा युवा, स्थानीय बासिन्दा, वडा न ८ का वडा अध्यक्ष जगुराम चौधरी एबं जनप्रतिनिधिहरु तथा सहयोगी लीयो क्लव अफ धनगढी हेल्थ एण्ड मेडी समेत साथ दिएको हो ।

धनगढीका अधिकाशं खोला नालामा तथा खोलाको छेउछाउमा फोहोर फाल्ने गरेको हुदाँ सरसफाइ अभियानलाई निरन्तर सक्रिय बनाउनुका साथै फोहोर नफाल्न जनचेतना मुलक कार्यक्रम गर्ने सस्थाका अध्यक्ष नवराज जोशीले बताए।