२३ श्रावण २०८३, शनिबार

विद्यार्थी नेतालाई मेरो प्रश्नै प्रश्न !



नेपाली राजनीतिमा अस्थिरता, स्वार्थपन, मनमुटाव, गुठउपगुठ, जनतालाई लोकतन्त्रको अनुभुति नहुनु, संघियता माथि प्रशन खडा हुनु ।

एक राजनीतिक संस्कार नभएर कु–संस्कार र विकृति हो । यो संस्कार दलहरू मात्रै नभएर अहिले विभिन्न पार्टी सम्पूर्ण संगठन नै तहस नहस अबस्थामा छन् ।

सन्दर्भ नेपालको बिद्यार्थी राजनीति र बिद्यार्थी नेता हु भन्दै हिड्नेहरु .. ?

नेपाली राजनीतिक दलका आ–आफ्नै बिद्यार्थी संगठन छन् तर नाममा मात्रै सिमित रहेको प्रष्ट देखिन्छ । बिद्यार्थी संगठनहरुले आफ्नो इमानदारीता, कर्तव्य, अधिकार र निष्ठालाई ध्यानमा नराखि आफ्नो दुनो सोजाउन प्राय व्यस्तता भएको देख्छु । म यस्लाई यसरि पुष्टि गर्न सक्छु कि हरेक विश्वविद्यालय होस् या एकाइ क्याम्पसका दुई सभापति म यो गुठको हु भनेर एकले छाति पिटेर हिन्छ र अर्कोतिर म पनि उ गुठको बिद्यार्थी नेता हु भनेर हिन्छ । तपाईंहरुलाइ मेरो प्रश्न र चुनौंति छ ? तपाईं बिद्यार्थी नेताको नाममा सिकार र खेलभाड किन गर्दै हुनुहुन्छ ? म सिधै आफ्नो स्वार्थका लागि राजनीति गर्दै छु भने हुन्छ, म यस क्याम्पसको नेता– म उ क्याम्पसको नेता भनेर घमण्ड र चुरिफुरी नगेरे हुन्छ ।

बिद्यार्थी नेता भनेको वास्तवमा त्यो हो जो बिद्यार्थीका साँझा मुद्दामा मैत्रीपुर्ण तरिकाबाट बहस, संघर्ष र लड्ने समार्थ राखी काम गरेर पनि देखाउछ । आफ्नो समार्थमा कुनै पनि शिर्ष नेताको पछाडि नलागि बिद्यार्थीका हरेक समस्या आफु लागि परेर पुरा गर्छ । भन्दा म बिद्यार्थी नेता हु भन्छन् उसै क्याम्पसका सभापति हुन्छन्, सानोतिनो मुद्दा विवाद लाइ शिर्ष नेताको सहयोग माग्छन् । त्यो त परैको कुरा एक जना बिद्यार्थीलाइ भर्ना गर्न उसका समस्या सामाधान गर्ने समार्थ आफु सँग हुन्न । यो हुनको प्रमुख कारण भनेको क्याम्पस प्रशासन र बिद्यार्थी संगठन बिचको आत्मियता, विश्वास, इमानदारीता एक अर्को बिच नहुनका साथै गुमाइसकेको अबस्था हो । यो हुनाको प्रमुख कारण बिद्यार्थी नेताले शिर्ष नेताको पावर, पहुँचमा कलेजका प्रशासनलाई चुनौति दिदै हिड्ने र प्रशासन आफ्नो पावरको दम्बमा रहनु हो । कुनै पनि कलेज र प्रशासन प्रतिको सहकार्य, इमानदारीता बिच आपसी वार्तामा नभई सबै आफ्नो दम्बमा लाग्नु हो । बिवाद दुई पक्षका आ–आफ्नो मुद्दामा के सहि के गलत भने बिषय जब सहमति हुन्छ तब मात्रै समाप्ति हुन्छ । तर विद्यार्थी नेता सहमति बिन्दु नखोजि दम्कोपछि मात्रै देखेको छु । आफ्नो पार्टीकै गलत कदम विरुद्ध पनि बोल्न र संघर्ष गर्न सक्छ म त्यसलाइ बिद्यार्थी नेताको नाम दिन्छु र त्यसप्रति सबै बिद्यार्थीको भरोसा पनि रहने गर्दछ ।

प्रायःजस्तो काठमाडौं जिल्ला बाट उच्चशिक्षाका लागि काठमाडौं प्रस्थान गर्ने बिद्यार्थी र दुर्गम भेगबाट आफ्ना सपना बुनेर आएका बिद्यार्थीहरु अनेक समस्या, चुनौति, दबाबमूलक वातावरणमा काठमाडौं भित्रका थुप्रै कलेजमा कष्ठकर जिवनमा अध्ययन गर्दै छन् । तिनहरु समस्या र मुद्दामा वकालत गर्ने बिद्यार्थी नेता खै को हो बिद्यार्थी नेता ? बिद्यार्थी नेताको कर्तव्य विद्यार्थीका समस्यालाइ के कसरि हुन्छ सामाधान गर्नु हैन र ।

म वढी मात्रामा सुदुरपश्चिमी प्रदेश र कर्णाली प्रदेशका बिद्यार्थी धेरै समस्या रहेकोे देख्छु । सम्पूर्णलाइ अवगत भएको कुरा नै त्रिभुवन विश्वविद्यालयमा रहेको छात्रवृत्ति होस या छात्रबास जस्को पहुँच छ उस्ले मात्रै प्राप्ति गर्ने गर्छ । नेपालमा रहेका हरेक कलेज प्रशासनका भवनहरु, शौचालय, छात्रबाँस नाजुक अवस्थामा रहेका छन् र विश्व विद्यालय सहित आंकिक क्याम्पस रेखदेख, सुशासन भ्रष्टाचार मुक्ति प्रशासन, बिद्यार्थी र प्रशासन बिचको मैत्रीपूर्ण वातावरणमा कुनै पनि बिद्यार्थी संगठन ध्यानाकर्षण भएको म देखेको छैन । बिद्यार्थी संगठनहरु कति सम्म आफ्नो पार्टीका लागि राजनीति गर्ने अनि कहिले बिद्यार्थीका र क्याम्पस समस्या लागि राजनीति गर्ने यो मुद्दामा गहिरिएर सोच्नु पर्ने वेला आएको छ ।

सबैले प्राय मिठास शब्दमा भन्छन् बिद्यार्थी नै राष्ट्रियता बलियो खम्बा हो । तपाईं जस्तै बिद्यार्थी नेताहरुले भोलि राष्ट्र हाक्नु पर्ने अबस्थामा राष्ट्रियताको हालत के हुन्छ ? कहिले सोच्नु भएको छ के तपाईंहरुले सामुहिक हितका लागि सोच्नु भएको छ । बिद्यार्थीका समस्या पछमा वकालत गर्नु भएको छ । कति सम्म नैतिकता र जिम्मेवारी बाट भाकि रहने ? कति सम्म आफ्नो गुठका शिर्ष नेताहरू पुजिरहने ? तपाईं बिद्यार्थी राजनीति लाइ कि सदुपयोग गर्नुहोस् नत्र खेलबाड गर्न बन्द गर्नुहोस् । सबै विद्यार्थी संगठनहरुले सुध्रिनु अति आवश्यक छ ।

नैतिकता,सादाचार,कर्तव्य र अधिकार सहि ठाउँमा प्रयोग गरि विभिन्न क्याम्पसका समस्या र बिद्यार्थीका समस्यामा केन्द्रति राजनीति गरियोस् ।

आफ्नो पार्टीले गलत कदम चाल्दा पनि मौंन भएर बस्ने अनि अरुको पुत्ला जलाउँदै सडकमा कराउने, विश्व विद्यालय, एकाइ क्याम्पसमा ताबन्दी हडताल गर्ने, क्याम्पसका झ्यालढोका फोर्नु मात्रै नेपालमा बिद्यार्थी नेता हो । यसमा कुनै दुई मत छैन । नेपाली राजनीतिक दल र दलका भाद्री संगठनहरुले आफ्नो कर्तव्य, अधिकार र इमानदारीता नियम पुर्वक गरिनुपर्छ । सार्वजनिक सम्पत्तिको हिनामिना, तोडफोड, बन्दहडताल बाट बिद्यार्थीका वास्तविक समस्या सामाधान हुदैन । साथै क्याम्पस प्रशासन र बिद्यार्थी बिचको सम्बन्ध पनि कम्जोर हुदै जान्छ ।

सहकार्य, इमानदारीता, समस्याको भावलाइ बुझेर सत्यकर्मबाट समस्या पहिचान गरि सामाधान गरिन्छ । अब तपाईंहरु आफ्ना नेताहरूलाइ पुज्न छोड्नुहोस् । हरेक विश्वविद्यालय,क्याम्पसका र बिद्यार्थीका समस्या माथि राजनीति गर्नुहोस् । जग वलियो भए मात्रै माथि पनि बलियो हुन्छ । अहिले देखि नै अत्याचार, कु–संस्कार बाटोमा यात्रा नगर्न अनुरोध गर्दछु । बिद्यार्थी एकतालाइ सहि ठाउँ प्रयोग गर्नुहोस् ।