२३ श्रावण २०८३, शनिबार

नेप्सेमा सेञ्चुरी कमर्सियल बैंकको शेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एक कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । आइतवार सेञ्चुरी कमर्सियल बैंकको बोनस शेयरको मूल्य समायोजन भएको हो ।

नेप्सेले ४.७५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयर मूल्य १७६ रुपैयाँ ८१ पैसा तोकेको छ । कम्पनीले अन्तिम शेयर मूल्य १८५ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि सोमवार बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।