८ श्रावण २०८३, शुक्रबार

३० प्रतिशत लाभांश पारितका लागि नबिल बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । नबिल बैंकले साधारण सभाका लागि मिति तय गरेको छ । बैंकले आउँदो पुस २९ गते ३८ औं वार्षिक साधारण सभा बोलाएको हो ।

सभा सिल्भर ओक ब्यांक्वेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले १८.५० प्रतिशत बोनस सेयर र कर सहित ११.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । सोही प्रस्तावित लाभांशलाई सभालाई वितरणयोग्य बनाउनेछ ।

सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको रहेको छ ।

यसका साथै सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्