२३ श्रावण २०८३, शनिबार

हिमालय उर्जा विकासको साधारण सभा पुष २९ गते, शेयरधनीको हात भने रित्तो



काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले वार्षिक साधारण सभा पुष २९ गतेका लागि बोलाएको छ । सभा अर्पण बैंंक्वेट थापागाँउ नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीका शेयरधनीहरुले भने यो वर्ष कुनै पनि लाभांश नपाउने भएका छन् । आर्थिक वर्ष २०७८।०७९ मा शेयरधनीको हात रित्तो हुने भएको हो ।

सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । साथै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुष १८ गते बुक क्लोज गर्ने भएको हुदाँ पुष १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।