८ श्रावण २०८३, शुक्रबार

सेयरधनीको हात रित्तो बनाएको माछापुच्छ्रे बैंकले डाक्यो साधारण सभा



काठमाडौं । माछापुच्छ्रे बैंकले साधारण सभाका लागि मिति तय गरेको छ । बैंकको २४औं वार्षिक साधारण सभा पुस २९ गते सभामण्ड, आर्मी, अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा हुने भएको हो । सभा बिहान ११ बजे सुरु हुनेछ।

बैंकले वर्ष सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो । बैंकको सभामा गत आवको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाव बाँडफाँड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरण पारित गर्नेछ ।

चालु आवको लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितिमा रिक्त रहेको पदमा समितिले संचालक बाँकी कार्यकालसम्मको लागि गरेको नियुक्ति अनुमोदन गर्नेछ ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासंग मर्जरमा जानका लागि तथा वैदेशिक रणनीति साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कन लागि मूल्याङ्कनकर्ता नियुत्तिः गर्न लगायतका आवश्यक कार्य अघि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

सभा प्रयोजनका लागि बैंकले पुस १७ गते बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्