८ श्रावण २०८३, शुक्रबार

सिटिजन्स बैंकको शेयर खरिद गर्ने होइन त ? प्रतिकित्ता १५० रुपैयाँ मात्र



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको १३ हजार ६३०.३१ कित्ता संस्थापक शेयर विक्री गर्ने लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य १५० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना जारी गरेको मिति (पुष १० गते) ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय नारायणहिटी पथमा निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको अवधि भित्र संस्थापक शेयर बिक्रीका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थाले बिक्री खुला गर्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्