२३ श्रावण २०८३, शनिबार

आरआर क्याम्पसमा खुकुरी प्रहार, चार विद्यार्थी पक्राउ



काठमाडौं । रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा दुई पक्ष बिच बिवाद हुदाँ खुकुरी प्रहार भएको छ । अनेरास्वयु निकट विद्यार्थी समूहबीच मै विवाद हुदाँ क्याम्पस परिसद खुकुरी प्रहार भएको हो ।

खुकुरी प्रहारबाट आरआर क्याम्पसमा अनेरास्वयुका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश खड्का लगातका केही विद्यार्थी नेताहरु घाइते भएका छन् । खड्काले आन्तरिक लडाई नगर्ने भनि सल्लाह दिदैं गरेको बेला क्याम्पस भन्दा बाहिर बाट समेत समूह बोकेर आएको अर्का पक्षले खड्का लागि खुकुरी प्रहार गर्दा झडप भएको हो । सिंहदरबार प्रहरी परिसरका एक प्रहरीका अनुसार ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्ण गिरि, झलक तामाङ, द्रुतराज लामा र सविन निरौला छन् । क्याम्पस इकाईका अध्यक्ष लोकेश खड्का र अनेरास्ववियु नेता समिप बडाल पक्षधरको बीचमा झडप भएको क्याम्पस ईकाइमा आबद्ध विद्यार्थीहरूले बताएका छन् ।

उपाध्यक्ष लोकेश खड्काले अनेरास्ववियु नेता समिक बडालले क्याम्पसमा बाहिरि समूहलाई पठाएर विद्यार्थी असुरक्षित बनाएको बताए छन् । विद्यार्थीहरुबीच आन्तरिक विवाद हुँदा खुकुरी प्रहार भएको हो । घाइते विद्यार्थीको काठमाण्डु मोडेल अस्पतालमा उपचार भइरहेको छ ।