प्रतिकित्ता १२६ रुपैयाँ मै प्रभु बैंकको शेयर खरिद गर्ने पाउने आज अन्तिम मौका
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयरमा आवेदन दिने आज (पुष १३ गते) अन्तिम दिन रहेको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुको नाममा रहेको ४० कित्ता शेयर मंसिर २८ गते देखि बिक्री गरेको हो ।
उक्त शेयरको न्यूनतम मूल्य १२६ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंतिक गरी बोलकबोल गर्नुपर्नछ ।
शेयरमा कम्पनीका विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले पनि बोलकबोलमा भाग लिन पाउनेछन् । उक्त शेयरमा न्यूनतम १० हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि बोलकबोल पेश गर्ने सकिनेछ ।
बोलकबोल फाराम बैंकको बिक्री प्रबन्धक प्रभु क्यापिटलबाट प्राप्त गर्न सकिनेछ ।













