नेपालबाट बाहिरिन्छ रेमिट्यान्सः मजदुर परिचालन गर्न नसक्दा अर्बौं रकम बाहिरिँदै, ४ महिनामै लगे २ अर्ब १६ करोड - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपालबाट बाहिरिन्छ रेमिट्यान्सः मजदुर परिचालन गर्न नसक्दा अर्बौं रकम बाहिरिँदै, ४ महिनामै लगे २ अर्ब १६ करोड



काठमाडौं । नेपालबाट बाहिरिने रेमिट्यान्स बढ्न थालेको छ । पछिल्लो समय नेपालबाट सवा २ अर्ब रुपैयाँ रेमिट्यान्स बाहिरिएको हो ।चालु आर्थिक वर्ष २०७९/८० चार महिनामा २ अर्ब १६ करोड १ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको हो ।

नेपाल राष्ट्र बैंक तथ्याङ्क अनुसार चालु आवको कात्तिक मसान्तसम्ममा १ करोड ६७ लाख अमेरिकन डलर रेमिट्यान्स नेपालबाट बाहिरिएको हो ।

गत आव २०७८/७९ को सोही अवधिमा भने २ अर्ब ७ करोड २ लाख रुपैयाँ रेमिट्यान्स नेपालबाट बाहिरिएको हो । सो अवधिमा १ करोड ७४ लाख डलर नेपालबाट विदेशी कामदार लगेका हुन् । नेपालमा काम गर्न आउने विदेशी कामदारले चार महिनामा औपचारिक माध्यमबाट मात्रै लगेको पैसा हो ।

मुख्य रुपमा नेपालबाट भारतमा ठूलो परिमाणमा रेमिट्यान्स पुग्छ । त्यसबाहेकका अन्य मुलुकले पनि नेपालबाट रेमिट्यान्स लैजान्छन् । नेपालमा आएर थुप्रै भारतीयहरु नागरिकहरु आएर अनौपचारिक रुपमा काम गर्छन् । जस्तोः चटपट बिक्री, फलफुल बिक्री गर्ने, सडक तथा निर्माणजन्य काम । उनीहरुले आफुले कमाएको पैसा अनौपचारिक रुपमै लैजान्छन्, यसको हिसाव छैन । नेपालमा आएर औपचारिक रुपमा काम गर्ने भारतीय, चाइनीज लगायतका देशका नागरिकले रेमिट्यान्स लैजाने गरेका छन् ।

नेपालमा कबाडी संकलन र व्यापार, कपाल काट्ने व्यवसाय, पलम्बिङ, इलेक्ट्रेसियन, घर निर्माणलगायत क्षेत्रका भारतीय कामदारले अनौपचारिक रूपमा रकम पठाएका छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा ७ अर्ब ६७ करोड ९१ लाख रुपैयाँ बाहिरिएको थियो । यस्तै, आव २०७७/७८ को पहिलो चार महिना १ अर्ब ८१ करोड २६ लाख रुपैयाँ (१ करोड ५३ लाख डलर) नेपालबाट रेमिट्यान्स बाहिरिएको थियो । सो वर्षमा भने कुल ६ अर्ब १ रकोड ८५ लाख रुपैयाँ विदेशी कामदार लगेका छन् । त्यसैगरि आव २०७६/७७ को बर्षभर ५ अर्ब ४३ करोड ७३ लाख रुपैयाँ रेमिट्यान्स नेपालबाट बाहिरिएको थियो ।

नेपालका मल्टीनेशलन कम्पनीहरु, विदेशी लगानीका आयोजनाहरु, बैंक तथा वित्तिय संस्था, बीमा कमपनीहरुमा विदेशी कर्मचारीहरु छन् । हिमालयन रिमा नै प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा डिसीईओ भारतीय छन् । एसबीआई बैंकमा भारतीय नै प्रमुख कार्यकारी अधिकृत रहेका छन् । यता, स्टाटुनडर्ड चार्टड बैंकमा विदेशी कर्मचारीको संख्या ठुलो छ ।

नेपालका जलविद्युत आयोजनाहरुमा चिनियाँ कामदार छन् । डावर नेपाल, युनिलिभर जस्ता मल्टीनेशन कम्पनीमा विदेशी कर्मचारी छन् । उनीहरुले यहाँ कमाएको पैसा रेमिट्यान्स मार्फत आफ्नो देश पठाउछन्, जसरी नेपालीले बाहिर गएर नेपालमा रेमिट्यान्स पठाउछन् । नेपाली उद्योग क्षेत्रमा पनि भारतीय कामदारहरूको उत्तिकै बाहुल्यता छ । इँटा, जुट, धागो, सिमेन्टलगायतका कारखानमा पनि धेरै भारतीय श्रमिकहरू कार्यरत छन् ।

नेपाली श्रमिकहरुले काम गर्न लाज मान्ने प्रवृत्ति तथा अल्छीपन पनि विदेशी श्रमिकहरुले वर्षे अबौं रुपैयाँ लाने गरेको उद्योगीहरु बताउछन् । नेपालले विदेशी कामदार बिदाइ गर्नेगरी आफ्ना मजदुरलाई परिचालित गर्नसक्ने हो भने ठूलो लाभ लिन सक्ने बताउँछन् उद्योगीहरूको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्