२३ श्रावण २०८३, शनिबार

हकप्रद सेयर जारी गर्न एलआईसी नेपालले अघि बढायो प्रक्रिया, डाक्यो विशेष साधारण सभा



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले विशेष साधारण सभा बोलाएको छ। कम्पनीको पुस ८ गते बसेको संचालक समितिको निर्णयानुसार माघ ३ गते गते विशेषण साधारण सभा गर्ने भएको हो ।

सभामा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले ८८.४५१६८ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । हकप्रद सेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुग्नेछ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड बढी छ । हकप्रद सेयर निष्काशनका लागि कम्पनीले नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट सैद्धान्तिक सहमति पाउन भने बाँकी नै छ ।

माघ ३ गते बोलाएको सभाले हकप्रद सेयर जारी परेपश्चात कम्पनीको अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि हुने हुँदा मुताविक कम्पनीको प्रवन्धपत्र र नियमावलीको आवश्यक दफाहरु संशोधन गर्ने प्रस्ताव पारित हुनेछ ।

सोही सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन गर्ने सन्दर्भमा नियमनकारी निकायहरु (कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड लगायतका अन्य विभिन्न नियमनकारी निकायहरू आदि) ले आवश्यक संसोधन, परिमार्जन, थपघट तथा भाषिक संसोधन गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक संसोधन गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

सभा प्रयोजनका लागि कम्पनीले पुस २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।