११ श्रावण २०८३, सोमबार

एलआईसीलाई ८८ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न बीमा प्राधिकरणको अनुमति

एलआईसीलाई ८८ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न बीमा प्राधिकरणको अनुमति



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी) लाई हकप्रद शेयर निष्कासन गर्नका लागि नेपाल बीमा प्राधिकरणले सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

बीमा प्राधिकरणले कम्पनीलाई ८८ .४५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न पुस २१ गतेको पत्र मार्फत सैद्धान्तिक सहमति प्रदान गरेको हो । अव कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव विशेष साधारण सभाबाट पारित गरी नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिई स्वीकृति पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछ ।