२४ श्रावण २०८३, आइतबार

जनार्दन शर्मा अर्थमन्त्री हुँदा शंकास्पद रकम नेपाल भित्र्याउन खोज्ने शाह सीआईबीको फन्दामा



काठमाडौं । प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीईबी)ले अमेरिकाबाट अवैधानिक ढंगले करोडौं रुपैयाँ नेपाल भित्र्याउन खोज्ने पृथ्वीबहादुर शाहलाई पक्राउ गरेको छ ।

तत्कालिन अर्थमन्त्री जनार्दन शर्माको पालामा उनले ४० करोड रुपैयाँ बढी स्रोत नखुलेको रकम विदेशबट नेपाल भित्र्याउन लागिपरेका थिए ।

सीआईबीले शुक्रबार काठमाडौंको चावहिलबाट शाहसिहत पाँच जनालाई प्रक्राउ गरेको हो । सीआईबीका अनुसार पक्राउ पर्नेमा चक्रबहादुर खत्री, विजयविक्रम शाह, अनुप खड्का, रुपमाङ्गत काफ्ले र रंगबहादुर साउद रहेका छन् ।

पक्राउ परेका सबै व्यक्तिलाई हिरासतमा राखिएको सीआईबीले जनाएको छ । अब उनीहरुमाथि अमेरिकाबकाट भित्र्याइएको शंकास्पद रकमको अनुसन्धन हुनेछ ।