२४ श्रावण २०८३, आइतबार

इकोनोमिक मिडिया सोसाईटीमा नयाँ नेतृत्व : अध्यक्षमा श्रेष्ठ, महासचिवमा पौडेल



काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन)को नयाँ नेतृत्व चयन भएको छ ।

शुक्रबार सम्पन्न संस्थाको पाँचौ वार्षिक साधारण सभाले बिजखबर डटकमका रामराजा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा बिजशाला डटकमका सोमनाथ बास्तोला र बिजपाटी डटकमका सञ्चालक लोचन खतिवडा निर्वाचित भएको छ। यस्तै महासचिवमा सिंहदरबार डटकमका नारायण पौडेल, सचिवमा टक्सार म्यागाजिनका हिम विष्ट, सहसचिवमा अर्थपथ डटकमका बिष्णु जम्कट्टेल र कोषाध्यक्षमा इन्स्योरेन्स खबर डटकमका केशव भण्डारी निर्वाचित भएका हुन् ।

त्यस्तै सदस्यहरुमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल, अर्थसंसार डटकमका मिलन खड्का, आर्थिकआवाज डटकमका सुरेन्द्र पौडेल र अर्थतन्त्र डटकमकी सुवद्रा थापा सर्वसम्मत रुपमा चयन भएका छन् ।