११ श्रावण २०८३, सोमबार

सिटिजन लाइफले डाक्यो साधारण सभा, प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने प्रस्ताव मुख्य एजेण्डा

सिटिजन लाइफले डाक्यो साधारण सभा, प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने प्रस्ताव मुख्य एजेण्डा



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले पाँचौ वार्षिक साधारण सभा माघ १५ गतेका लागि बोलाएको छ । सभा अलोफ्ट काठमाडौं ठमेल, छाँयादेवी कम्प्लेक्समा साँझ ५ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने मुख्य प्रस्ताव पारित गर्ने छ । साथै सभाले आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा समेत रहेको छ ।

आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।