बीमा प्राधिकरणको उपनिर्देशकमा पाँच जनाको बढुवा, को–को हुन् ?
बीमा प्राधिकरणको उपनिर्देशकमा पाँच जनाको बढुवा, को–को हुन् ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा उपनिर्देशक पदमा बढुवाका लागि पाँच जना सिफारिस भएका छन् ।
प्राधिकरणको उपनिर्देशक पदका लागि राजेन्द्र महर्जन, पूर्ण बहादुर थापा, बिनोद कुमार पोखरेल, निर्मला मल्ल र प्रिति देव सिफारिस भएका छन् । उनीहरुको कार्यक्षमताको मूल्याङ्कनद्वारा बढुवाका लागि सिफारिस गरिएको नेपाल बीमा प्राधिकरण पदपूर्ति समितिका सदस्य सचिवले जानकारी दिए ।
प्राधिकरणले गत मंसिर २३ गते विज्ञापन नम्बर १/२०७९–८० अनुसार उपनिर्देशक पदका लागि दरखास्त आव्हान गरेको थियो । प्राधिकरणले प्रशासन सेवा, अधिकृत द्धितिय श्रेणी उपनिर्देशक पदमा कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाका लागि दरखास्त खुलाएको थियो ।
सो पदमा ९ जना उम्मेदवारहरुले दरखास्त दिएका थिए । पदपूर्ति समितिले उनीहरुमध्ये महर्जन, थापा, पोखरेल, मल्ल र देवलाई सो पदमा बढुवा गर्ने निर्णय गरेको हो ।














