आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (पुष २६ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुष २७ गते देखि माघ ६ गते सम्म बुक क्लोज गरेसँगै पुष २७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव पारितका लागि कम्पनीले माघ ९ गते होटल लि हिमालय लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।













