सिद्धार्थ इन्स्योरेन्सले पारित गर्यो मर्जर प्रस्ताव र लाभांश
सिद्धार्थ इन्स्योरेन्सले पारित गर्यो मर्जर प्रस्ताव र लाभांश
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाले ९.४७३७ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ नगद लाभांश वितरण गर्ने भएको हो ।
सभामा सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स एक आपसमा गाभ्ने/गाभिने विशेष प्रस्ताव समेत पारित गरेको छ । यसका साथै यी दुवै कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कायम गरी व्यवसाय गर्ने विशेष प्रस्ताव पनि पारित भएको हो ।
कम्पनीका सभाले गत आर्थिक वर्ष २०७८÷७९ वार्षिक प्रतिवेदन, सोही आवको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाहसहित विवरण पारित गर्नुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्ति गरि निजको पारिश्रमिक निर्धारण गरेको छ ।













