२३ प्रतिशतले बढ्यो रेमिट्यान्स, पाँच महिनामा ४ खर्ब ८० अर्ब भित्रियो
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) वृद्धि भएको छ । चालु आवको मंसिर मसान्तसम्ममा रेमिमट्यान्स २३ प्रतिशतले बढेको हो ।
नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको देशको वर्तमान आर्थिक वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । सो अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेर ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा भने विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो ।
चालु आवको मंसिरसम्म अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले घटेको थियो ।
सो अवधिमा खुद ट्रान्सफर २१.६ प्रतिशतले वृद्धि भई ५ खर्ब ३० अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो ।













