लाभांश र मर्जर प्रस्ताव पारित गर्दै प्रिमियर इन्स्योरेन्सको साधारण सभा सम्पन्न
लाभांश र मर्जर प्रस्ताव पारित गर्दै प्रिमियर इन्स्योरेन्सको साधारण सभा सम्पन्न
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाले संचालक समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल काय चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो ।
यस्तै, सभाले सिद्धार्थ इन्स्योरेन्ससँग १ः१ अनुपातमा मर्ज भई नयाँ कम्पनी सिद्धार्थ प्रिमियर इन्सर्योरेन्स बन्ने प्रस्ताव पनि पारित गरेको छ ।













