लाभांश पारितका लागि आइएमई जनरल इन्स्योरेन्सको साधारण सभा कहिले ?
लाभांश पारितका लागि आइएमई जनरल इन्स्योरेन्सको साधारण सभा कहिले ?
काठमाडांैं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा माघ ९ गते बस्दैंछ । सभा होटल लि हिमालय लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
कम्पनीले गत गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने कार्य सूची समेत रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुष २७ गते देखि माघ ६ गते सम्म बुक क्लोज गरेसँगै पुष २७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।














