११ श्रावण २०८३, सोमबार

सूर्यज्योतिको न्यानोपन अभियान अन्तर्गत कम्बल तथा न्यानो कपडा बितरण

सूर्यज्योतिको न्यानोपन अभियान अन्तर्गत कम्बल तथा न्यानो कपडा बितरण



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न स्थानहरुमा सूर्यज्योतिको न्यानोपन भन्ने अभियान संचालन गरी कम्बल तथा न्याने कपडा बितरण गरेको छ ।

हाल देशमा बढÞिरहेको जाड़ोलाई मध्यनजÞर गर्दै सुर्यज्योतिले आफ्नो मुलमन्त्रको रुपमा अवलम्बन गरेका ७ तत्व मध्ये एक न्यानोपनलाई आत्मसात गर्दै सूर्यज्योतिको न्यानोपन मार्फत देशैभर बढिरहेको चिसोको कहर बाट बच्न केहि राहत होस् भनि असहाय बालबालिका, बृद्धबृद्धा तथा बिपन्न बर्गलाई ध्यानमा राखी सहयोगको सुरुवात गरेको हो । उक्त कार्यक्रममा सूर्यज्योतिले जाडोबाट बच्नको लागी विभिन्न सावधानीका उपायहरु अपनाउन अनुरोध गर्दै कम्बल तथा न्यानो कपडा बितरण गरेको छ ।

सूर्यज्योतिको उक्त कार्यक्रम ललितपुर क्षेत्रका क्षेत्रीय प्रबन्धक लक्ष्मी शाक्य तथा सातदोबाटो शाखाका शाखा प्रमुख लोईस थापाद्वारा नेपाल स्नेही काख र सत्प्रयास नामक संस्थामा संचालन गरिएको थियो । साथै गुल्मिमा, बौद्धिक÷बहिरा– अपाङ्गता भएका विधार्थी भाई बहिनीहरुलाई न्यानो कपडा बितरण र माझिगाँउ बलिथुमका बिपन्न परिवारहरुलाई न्यानो कपडा बितरण गरि सम्पन्न गरिएको थियो। उक्त दुबै कार्यक्रमहरुमा सहयोग र सहजिकरण गरिदिनुहुन दुबै बिधालयका प्रधानाध्यापक एबं शिक्षक÷शिक्षिकाहरु, बिधालय ब्यावस्थापन समितिका अध्यक्षहरु, दुबै वार्डका वडाध्यक्षहरु, सूर्यज्योति लाइफ इन्स्योरेन्स गुल्मि शाखाका एजेन्सि म्यानेजरहरुको सहभागिता थियो ।

उक्त अभियान अन्तर्गत लक्ष्मिनिया गाउँपालिकामा गरिब तथा विपन्नहरुलाई कम्बल वितरण गरेको थियो । लक्ष्मिनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रको प्रमुख आतिथ्य र सूर्य ज्योती लाइफ इन्सोरेन्सका मधेश प्रदेशका प्रमुख दिपेन्द्र यादवको उपस्थितिमा १ सयभन्दा बढी विपन्न परिवारलाई कम्बल वितरण गरिएको थियो । साथै जलेश्वर, लाहान र विरगंजमा पनि कम्बल वितरण कार्यक्रमहरु गरिएको थियो ।

केहि हप्तादेखि चिसो क्रमिक रुपमा बढदै गएकोले यसबाट जोगिन न्यानोको लागी कम्बल तथा कपडा बितरण अभियान चलाइएको र यस किसिमका अभियान देशको अन्य बिभिन्न स्थानमा पनी गर्दै जाने प्रतिबद्धता जनाउँदै आफ्ना बिमितहरुले पाउने सेवा सुबिधलाई अझ सुदिृढ गर्दै लैजाने कुरा प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले व्यक्त गरे ।

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स बिच भएको जीवन बीमा क्षेत्रकै पहिलो सफल मर्जर पश्चात बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ISO 9001:2015 बाट सम्मानित भैसकेको छ । हाल कम्पनीको चु्क्ता पूँजी रु ४.५४ अर्ब रहको र देशभर १८१ शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आएको छ।