७ श्रावण २०८३, बिहिबार

७ खर्ब नाघ्यो व्यापार घाटा : आयात २० प्रतिशतले घट्यो, निर्यात ३२ प्रतिशतले कमी



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनामा व्यापार घाटा ७ अर्ब बढी छ । भन्सार विभागले हालै प्रकाशित गरेको चालु आवको पुस मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

सो अवधिमा मुलुकको व्यापार घाटा ७ खर्ब ११ अर्ब ८५ करोड ८८ लाख ६८ हजार रुपैयाँ देखिएको छ । व्यापार घाटा गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा १९.१५ भने प्रतिशतले कमी आएको हो । गत वर्षको सोही अवधिमा नेपालले ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख ४७ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो ।

यस्तै, सो अवधिमा देशको कुल व्यापार भने ८ खर्ब ७३ अर्ब ४७ करोड ३७ लाख १० हजार रुपैयाँ बराबरको भएको छ । यो गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने २१.८९ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा देशको कुल व्यापार ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख ६८ हजार रुपैयाँ रहेको थियो ।

विभागका अनुसार चालु आवको ६ महिनामा कूल ७ खर्ब ९२ अर्ब ६६ करोडको आयात भएको छ । गत वर्षको तुलनामा आयात भने २०.६८ प्रतिशतले घटेको हो । गत वर्षको सोही अवधिमा ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख ८ हजार रुपैयाँ बराबरको आयात भएको थियो ।

यस्तै, चालु आवको ६ महिनामा ८० अर्ब ८० करोड ७४ लाख २१ हजार रूपैयाँ बराबरको मात्र निर्यात भएको छ। गत वर्षको सोही अवधिको तुलनामा निर्यात ३२.१ प्रतिशतले कमी हो ।


प्रतिक्रिया दिनुहोस्