११ श्रावण २०८३, सोमबार

बीमा प्राधिकरणले वाणिज्य तथा विकास बैंकको मुद्दति निक्षेपमा लगानी गर्दै, ब्याजदर प्रस्ताव गर्न आव्हान

बीमा प्राधिकरणले वाणिज्य तथा विकास बैंकको मुद्दति निक्षेपमा लगानी गर्दै, ब्याजदर प्रस्ताव गर्न आव्हान



काठमाडौं । नेपाल बीमा प्राधिकरणले वाणिज्य बैंक र विकास बैंकमा लगानी गर्ने भएको छ । प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

प्राधिकरणले प्राधिकरणसँग भएको बैंक मौज्दात लगानी नीतिअनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको जनाएको छ । यद्यपि, के कति रकम लगानी गर्ने भन्ने खुलाएको छैन ।

इच्छुक बैंकहरुले आफूले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरि शिलवन्धी दरभाउ पत्र पेश गर्न प्राधिकरणले आव्हान गरेको छ । सिलवन्धी दरभाउपत्र ७ दिनभित्र पेश गर्नुपर्नेछ ।

सिलवन्धी दरभाउपत्रमा बैंकहरुले मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा/नोक्सान, बैंकको सक्रिय सम्पत्ति, बैंकको कर्जा निक्षेप अनुपात, स्थापना भएको वर्ष र पर्याप्त पुँजी कोष लगायतका विवरणहरु उल्लेख गर्नुपर्नेछ ।