कुमारी बैंकको १ लाख कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १ लाख ११ हजार ६३५ कित्ता संस्थापक सेयर बिक्री गर्ने लागेको हो ।
बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर, बैंकको सेयर रजिष्टार कुमारी क्यापिटल नागपोखरी वा बैंकको केन्द्रिय कार्यलयमा आवेदन दिन सकिनेछ ,
सो समयभित्र कुनैपनि निवेदन नआएमा प्रचलित कानून बमोजिम संस्थापक शेयरधनीहरुको दावी नभएको खण्डमा अन्य व्यक्तिहरुलाई बिक्री गरिने पनि बैंकले जनाएको छ ।













