६ महिनामा संघीय सरकारको कुल खर्च ५७६ अर्ब ३५ करोड
काठमाडौं । आर्थिक वर्ष २०७९÷८० को छ महिनामा संघीय सरकारको कुल खर्च नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार रु.५७६ अर्ब ३५ करोड भएको छ ।
समीक्षा अवधिमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्चतर्फ क्रमशः रु.४५५ अर्ब १३ करोड, रु.५३ अर्ब ४६ करोड र रु.६७ अर्ब ७७ करोड रहेको छ ।
समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत) रु.४५८ अर्ब ९९ करोड भएको छ । समीक्षा अवधिमा यस अन्तर्गत कर राजस्व तर्फ रु.४०५ अर्ब २७ करोड र गैर कर राजस्व तर्फ रु.५३ अर्ब ७२ करोड परिचालन भएको छ ।
नेपाल सरकारको नगद मौज्दात
२०७९ पुस मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.१९९ अर्ब १५ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०७९ असार मसान्तमा यस्तो मौज्दात रु.२३२ अर्ब ५३ करोड रहेको थियो ।













