निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति ?
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको छ ।
आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।
निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साविक खुद्रा मूल्यमा प्रतिलिटर रु ३ ले बढाई पेट्रोलमा रु १७८, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १७५ कायम गरिएको छ ।














