२५ श्रावण २०८३, सोमबार

सेगवे नाइनबटको नयाँ हाईपावर ई–स्कुटर सार्वजनिक,यस्ता छन् विशेषताहरु



काठमाडौं । सेगवे नाइनबटको नेपालका लागि आधिकारि विक्रेता आइ.हब प्रालिले एन सिरीजको नयाँ ई– स्कुटर शुक्रबार सार्वजनिक गरेको छ ।

ईस्कुटर बढी पावरको साथ प्रभावशाली, नाइनबाट एन १०० सिरीज नेपाली बजारमा पहिलो स्कुुटर रहेको छ ।
एन १०० सहरी क्षेत्रको यात्रामा शैली, आरम र दक्षताको ल्याउन डिजाइन गरिएको आधुनिक गतिशिलको लागि नयाँ साधन रहेको छ।

साथै, ७ दिनको लागि सेवगेले एन १०० लगायतको अन्य उत्पादनहरुका टेस्ट राइडको ब्यवस्था गरेको छ । टेस्ट राइड भने ललितपुरको झम्सिखेलमा हुने भएको छ । सेवगे नाइनबटको एन १०० ७२ ईलेक्टिक स्कुटर हो । यो २२०० वाटको अधिकतम पावर सेवगे कस्टमाइज बुशलेस मोटर जडित रहेको छ ।

त्यस्तै, यसमा ईस्कुटर एलईडी लाइट, डिजिटल,डिस्पेल र राइड गो जस्ता स्मार्ट टेक्नोलोजी सहितको सेवा सुविधा रहेको छ ।
आफ्नो मोबाइलबाट पनि स्वचालित अनलक गर्न अथवा स्कुटर पोजिसन गर्ने जस्ता कार्यहरुको लागि धेरै सेन्सरहरु रहेको छ । सेवगेको इन्जिन बलियो प्रभावशाली ब्याटीहरु र सिट मुनि धेरै ठाँउ रहेको छ ।

एन १०० ले कम्प्याक्ट डिजाइनको अतिरित्त मोबाइल एप सहित विभिन्न प्रविधिकहरु प्नि जडान गरेको छ ।उक्त एपले प्रकाश, गति पावर सहित अनकुल विकल्पहरुको पहुँच प्रधान गर्दछ ।

सेवगेको विभिन्न खालको फिचरहरु रहेको छ जसमा:

  • राईड गो–यो एक सुविधा हो जसमा स्मार्टफोनको साथ जोडेर स्कुटर छिटो र सजिलोसँग स्टाट गर्न र रोक्न अनुमति दिन्छ ।
  • नाइनबट एयरल– ब्लुटुथ जडानकको साथ लक र अनलक गर्न सकिन्छ साथै स्कुटरको लागि थप सुरक्षा प्रदान गर्दछ ।
  • अटो सेनसर –पार्किङ सेन्सरले पार्क गर्दा सारेको बेला सचेत गराउँछ र सिटमा कोही बस्दा सिट सेन्सरले स्वचालित रुपमा पावर बन्द गर्छ ।
  • इलेक्ट्रिक लक –स्कुटमा सिट डिकिको लागि इलेक्ट्रिक लक पनि रहेको छ र सवारी गर्दा सामानहरु सुरक्षित राख्न सकिन्छ। ओ टि ए – ओ.टि.ए अपडेटेसले गर्दा राइडरहरुलाई स्कुटर सधैँ नवीन सफ्टवेयरको समथ चलिरहहेको सुनिश्चित गर्दछ ।
  • रिमोट अन/ अफ – यसले राइडरलाई टाढाा बाट नै स्कुटर खोल्न र बन्द गर्न सक्ने सुबिधा दिन्छ , जबकी ब्लयाकक बक्सको सुविधाले दुर्घटना हुनबाट चेतावनी पैणली प्रदान गर्दछ ।
  • क्रुज कन्ट्रोलर – राइडरलाई स्थिर गति सेट गर्न सक्ने सुविधा दिन्छ र ब्याट्री व्यावस्थापन प्रणालीले ब्याट्रीको निगरानी गर्दछ साथै सुरक्षित चार्जिङ र डिस्चार्जिङ सुनिश्चित गर्छ ।

साथै, उक्त सुविधाहरुले सेवगे नाइटबटको एन १०० इलेक्टिक स्कुटलाई दैनिक आवागमन र मानोरञ्जन गतिविधिहरुको लागि यतायातको भरपर्दो र सुविधाजनक प्रणाली बनाएको छ । सेवगेको ने एन १०० को बजार भाउ रु.२,६०,००० रहेको साथै १०००० हजार छुटको पनि व्यवसथा रहेको छ भने यसको रङ तिन प्रकारको (रातो,कालो सेतोे) रहेको छ ।