'पाँच वर्षमा विद्युतीय सवारीको हिस्सा ५० प्रतिशत पुग्छ, इभिको लागि छुट्टै सरकारी नीति आवश्यक' : अध्यक्ष थापा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

‘पाँच वर्षमा विद्युतीय सवारीको हिस्सा ५० प्रतिशत पुग्छ, इभिको लागि छुट्टै सरकारी नीति आवश्यक’ : अध्यक्ष थापा



काठमाडौं । अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुव थापाले पाँच वर्षमा सवारीको हिस्सा ५० प्रतिशत पुग्ने दावी गरेका छ्न् ।

नाडाको ४६औं वार्षिक साधारण सभामा आयोजित कार्यक्रममा अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

उनले नेपालमा बिद्धुतिय सवारीप्रति आकर्षण बढेकाले अबको पाँच वर्षमा यसको हिस्सा ५० प्रतिशत पुग्ने दाबी गरेका हुन् ।

उनले भने-‘अबको पाँच वर्षमा निजि प्रयोजनका सवारीमा विद्युतिय सवारीको हिस्सा ५० प्रतिशत पुग्छ। इभिप्रति आम मान्छेको आकर्षण बढ्दो छ। सरकारले पनि यस सम्बन्धमा छुट्टै नियम बनाउन आवश्यक छ।’

विद्युतीय सवारीको गुणस्तरीय प्रयोगका लागि सरकारको नियमन आवश्यक रहेको थापा भनाइ थियो ।

अध्यक्ष थापाले नेपालमा गुणस्तरीय विद्युतीय सवारी साधन उत्पादन र आयात गर्नुपर्ने आवश्यक रहेको बताए ।

निजी क्षेत्रले विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण कार्य तीब्रताका साथ सम्पन्न गरेको र सरकारले पनि फास्ट चार्जिङ्को कामलाई गति दिनुपर्ने उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्