सिटिजन लाइफको खुद नाफामा सुधार : बीमा कोषको आकार साढे ७ अर्ब, अन्य सूचक कस्ता ?
सिटिजन लाइफको खुद नाफामा सुधार : बीमा कोषको आकार साढे ७ अर्ब, अन्य सूचक कस्ता ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार कम्पनीले चालु आवको ६ महिनामा १२ करोड ३ लाख ३६ हजार रुपैयाँ खुद नाफा गरेको छ । जुन, गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने भने ९.१४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड २ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
सो अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन २ अर्ब ४६ करोड ७६ लाख ७५ हजार रुपैयाँ रहेको छ । यस वर्षको कुल बीमा शुल्क आर्जन रकम भने २ अर्ब ६६ करोड ४९ लाख ८२ हजार रुपैयाँ रहेको छ । सो अवधिमा कायम रहेको बीमालेखको संख्या २ लाख ५६ हजार २९९ छ भने कुल जारी बीमालेखको संख्या १८ हजार १२१ रहेको छ ।
सो अवधिमा कम्पनीको कुल दावी भुक्तानी रकम ८३ करोड ७४ लाख ८८ हजार रुपैयाँ रहेको छ । सो अवधिमा कम्पनीले गरेको कुल दावी भुक्तानीको संख्या २ हजार ५५८ रहेको छ ।
सो अवधिमा कम्पनीको भुक्तानी हुन् बाँकी दावी रकम १७ करोड १० लाख २५ हजार रुपैयाँ देखिएको छ । यो संख्यामा भने २४८ हो ।
कम्पनी चुक्ता पुँजी २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १ अर्ब २५ करोड ७२ लाख ७४ हजार रुपैयाँ राखेको छ । गत वर्षको सोही अवधिको तुलनामा भने कम्पनीले ५६.८७ प्रतिशते बढेको हो ।
यस्तै, कम्पनीको जीवन बीमा कोषको आकार ५५.५४ बढेर ७ अर्ब ५९ करोड ४६ लाख ५५ हजार रुपैयाँ पुगेको छ । कम्पनीले महाविपत्ती जगेडामा भने १३ कारडे ७६ लाख १८ हजार रुपैयाँ रहेको छ ।













