१० श्रावण २०८३, आइतबार

प्रभु लाइफको मुनाफा दोब्बरले वृद्धि, जीवन बीमा कोष साढे ३ अर्ब पुग्दा यस्ता छन् अन्य सूचक

प्रभु लाइफको मुनाफा दोब्बरले वृद्धि, जीवन बीमा कोष साढे ३ अर्ब पुग्दा यस्ता छन् अन्य सूचक



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार १२ करोड ८२ लाख ६९ हजार रुपैयाँ आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा ५१.७३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ६ करोड १९ लाख १० हजार रुपैयाँ रहेको थियो । गत आर्थिक वर्ष भन्दा ६ करोड ६३ लाख ५९ हजार रुपैयाँले बढी हो ।

पुष समान्तसम्म आइपुग्दा कम्पनीको जीवन बीमा कोष २५.२१ प्रतिशतले बढेर ३ अर्ब ४७ करोड ७८ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको सो कोषमा २ अर्ब ६० करोड ९ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद बीमा शुल्क १.६८ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ४१ लाख ७६ हजार रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा ९८ करोड ७५ लाख १७ हजार रुपैयाँमा सिमित भएको छ ।
त्यस्तै, जगेडा कोष २९.७७ प्रतिशतले बढेर ५९ करोड ७९ लाख ९६ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोष ४१ करोड ९९ लाख ५९ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको महाविपत्ती कोष १६.९१ प्रतिशतले बढेर ४ करोड ६२ लाखन ९४ हजार रुपैयाँ, चुक्तापूँजी २ अर्ब रुपैयाँ रहेको छ । महालक्ष्मी लाइफसँग मर्जरमा जाने अन्तिम तयारीमा रहेको कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८३ पैसा, प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ २१ पैसा र प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३०६ रुपैयाँ १० पैसा रहेको छ ।