उत्कृष्ट व्यवस्थापक अवार्डबाट एनएलजीका सीईओ पन्त सम्मानित
उत्कृष्ट व्यवस्थापक अवार्डबाट एनएलजीका सीईओ पन्त सम्मानित
काठमाडौं । ‘हाई एचिभमेन्ट म्यानेजर अवार्ड २०२२’ बाट एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल बल्लभ पन्त सम्मानित भएका छन् ।
नेपाल व्यवस्थापन संघले व्यवस्थापन शैलीमा प्रभावकारी विशिष्ट योगदान पुर्याएको भन्दै पन्तलाई सो अवार्डबाट सम्मान गरेको हो । उनले उक्त अवार्ड उप प्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलबाट ग्रहण गरेका हुन् ।












