दोब्बर बढ्यो शिक्षा मार्फत नेपाल भित्रिने रकमः ६ महिनामा ल्याए डेढ अर्ब, कति बाहिरिन्छ ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

दोब्बर बढ्यो शिक्षा मार्फत नेपाल भित्रिने रकमः ६ महिनामा ल्याए डेढ अर्ब, कति बाहिरिन्छ ?



काठमाडौं । नेपालमा शिक्षा मार्फत भित्रिने रकम निरन्तर बढ्दै गएको देखिएको छ ।

चालु आर्थिक बर्ष २०७९/८० को पहिलो ६ महिनामा मात्रै शिक्षा मार्फत भित्रिने रकम १०२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त पछिल्लो तथ्यांकले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा अध्ययन गर्न आएका विदेशी विद्यार्थीले १ अर्ब ५२ करोड ६७ लाख रुपैयाँ भित्र्याएका छन् । जुन, गत आवको सोही अवधीको भन्दा दोब्बर बढी हो । गत आवको सोही अवधीमा विदेशी विद्यार्थी मार्फत ७५ करोड ४२ लाख रुपैयाँ भित्रिएको थियो । अघिल्लो आव २०७७/७८ को पुस मसान्तसम्म भने ५२ करोड ४६ लाख रुपैयाँ भित्रिएको थियो ।

नेपालका विभिन्न विश्व विद्यालयमा विदेशी विद्यार्थी अध्ययन गर्न आउने गर्छन् । कानुन, डाक्टर लगायत विषय अध्ययन गर्न विदेशी विद्यार्थी नेपालमा आउने गर्छन । नेपालका त्रिभुवन विश्व विद्यालय लगायतका युनिभर्सिटीमा विदेशी विद्यार्थी अध्ययनरत छन ।

उनीहरुले नेपालमा आवास खर्च, कलेज शुल्क लगायतका शिर्षकमा ठुलो रकम खर्च गर्छन्, त्यसबापत विदेशी मुद्रा पनि भित्रिने गरेको छ । यदि, नेपालको शिक्षालाई अझै गुणस्तर बनाएमा ठुलो संख्यामा विदेशी विद्यार्थी आउन सक्छन्, फलस्वरुप विदेशी मुद्राको आम्दानी समेत बढ्ने विज्ञहरु बताउछन ।

यद्यपि, शिक्षा मार्फत भित्रिने भन्दा बाहिरीने रकम भने बढी नै छ । चालु आवको समिक्षा अवधीमा मात्रै शिक्षा मार्फत बाहिरीने रकम ३३ अर्ब ८३ करोड रुपैयाँ बढी छ । समिक्षा अववधिमा शिक्षा मार्फत ३५ अर्ब ३५ करोड ८८ लाख रुपैयाँ बाहिरीएको छ । यो पनि गत आवको सोही अवधिको तुलनामा बढी हो ।

गत आवको पुस मसान्तसम्म १६ अर्ब ७२ करोड १६ लाख रुपैयाँ बाहिरीएको थियो । अघिल्लो आव २०७७÷७८ को पुस मसान्तसम्म भने १२ अर्ब २३ करोड ७ लाख रुपैयाँ बाहिरीएको थियो । विदेश पढ्न जाने नेपाली विद्यार्थीले सो बराबरको रकम लगेका हुन् ।

गत आव २०७८ र ७९ मा शिक्षा मार्फत १ अर्ब ५१ करोड ४१ लाख रुपैयाँ आम्दानी भएको छ । त्यस अवधिमा शिक्षा मार्फत भने ६७ अर्ब ७० करोड रुपैयाँ बाहिरीएको छ ।

यस्तै, शिक्षा मार्फत आव २०७७/७८ मा १ अर्ब ४ करोड ५९ लाख, आव २०७६/७७ मा २ अर्ब २३ करोड ४ लाख रुपैयाँ नेपाल भित्रिएको थियो ।

सोही आवमहरुमा भने शिक्षा मार्फत क्रमशः २४ अर्ब ९५ करोड र २५ अर्ब ८१ करोड रुपैयाँ बाहिरिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्