२६ श्रावण २०८३, मंगलबार

अखिलमा नयाँ कार्यसमिति चयनका लागि भिड्न्त, मतदान सुरु हुँदै



काठमाडौं। नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु हुँदैछ ।

बिहान ९ बजेबाट सुरु हुने भनिए पनि प्राविधिक कारणले मतदान सुरु हुन सकेको छैन् । इलेक्ट्रोनिक भोटिङ मेशिनमा उम्मेदवारहरुको बिबरण अपडेट भईरहेको कारण मतदान सुरु हुन ढिलाइ भएको बताइएको छ ।

मतदान अपरान्ह ५ बजेसम्म जारी रहने निर्वाचन कार्यतालिका रहेको छ । अखिलको अध्यक्षका लागि निर्वतमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, मोति विश्वकर्मा र महासचिव समिक बडाल उम्मेदवार रहेका छन् ।

निर्वाचनबाट आगामी दुई वर्षका लागि एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी तथा अनुशासन, लेखा र निर्वाचन गरी तीन आयोग निर्वाचित हुनेछन् ।