२६ श्रावण २०८३, मंगलबार

नुवाकोटमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु



काठमाडौं । नुवाकोटमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आज (माघ ४ गते) साँझ ४ बजे बिदुर नगरपालिका वडा नम्बर १२ स्थित चैनपुरमा बटाहाबाट दाम्चेतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस दुर्घटनामा परेको हो।

दुर्घटनापछि बसका चालक फरार भएका छन्। बसमा सवार २० जना घाइते छन्। उनीहरूको जिल्ला अस्पताल नुवाकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेको पहिचान भइ नसकेको प्रहरीले जनाएको छ । बस सडकबाट २० फिट तल खसेको छ। प्रहरीले फरार रहेका चालकको खोजी गरिरहेको छ।