२६ श्रावण २०८३, मंगलबार

ताम्राकार कम्प्लेक्सको इजी मोबाइल केयरमा अब ९९९ रुपैयाँमा मोबाइल डिस्प्ले टच फेर्न सकिने



काठमाडौं। मोबाइल फोन मर्मत सम्बन्धित सेवा संचालन गर्दै आएको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनी इजी मोबाइल केयरप्रालिले नेपालमा नै पहिलो पटक मात्र रु ९९९ मा मोबाईल फोनको डिस्प्लेको टचू फेर्ने सुविधा ल्याएको छ ।

यस अन्तरगत चीन तथा कोरियामा निर्मित अत्याधुनिक मेसिन तथा प्रविधिको माध्यमवाट आईफोन, शाओमी, सामसङ, वानप्लस, ओप्पो, भिभो, रियलमी, इनफिनिक्स, नार्जो लगायत २६ ओटा भन्दा वढी ब्राण्डका ६०० भन्दा बढी मोडलका बिग्रिएका मोबाईलको एलसीडी टच फेर्न सकिनेछ।

इजी मोबाईल केयरका संचालक संजीत पौडेलले नेपालमा नै पहिलो पटक यस्तो सेवा शुरुबात गरेको बताएका छन् । मानिसहरुले अहिले डिस्प्लेको टच बिग्रिए पनि अधिक मूल्य तिरेर पुरै डिस्प्ले नै फेर्न बाध्य भएको हुँदा उनीहरुलाई बिग्रेको डिस्प्ले टच सस्तो मूल्यमा नै फेर्ने र मर्मत सेवा दिनेछ। ग्राहकहरुको रकम बचत हुनेछ भने अनावश्यक झन्झट र दुख हुने छैन् संचालक पौडेलको भनाइ रहेका छ ।

नेपालमा आजको दिनमा हरेक घरमा हरेक व्यक्तिसँग स्मार्टफोन छ र त्यसमध्ये पनि कसैनकसैको फोन डिस्प्ले फुटेपनि मर्मत नगरी दुखका साथ चलाईरहेक छन्। डिस्प्ले टचको मर्मत गर्न अहिलेको अवस्थामा कम्तिमा पनि २,५०० रुपैयाँ भन्दा धेरै खर्च लाग्ने हुँदा मर्मत नगरी चलाउने वा अर्को नयाँ फोन किन्ने गरेका छन् उनले बताएका छन् ।

उनले थप भने तर, लामो समयको अनुभव र अनुसन्धानबाट त्यस्ता समस्यालाई मध्यनजर गरी सुपथ मुल्यमा नै गुणस्तरीय सामान तथा सर्भिस उपलब्ध गराउने उद्देश्यले १०० दिनको ग्यारेन्टीका साथ ९९९ रुपैयाँमा नै डिस्प्लेको टच फेर्न सकिने सेवा संचालमा ल्याएको हो ।

हाल कुनैपनि मर्मत सर्भिस सेन्टरले मर्मत पछिको सेवामा १०० दिनको वारेन्टी समेत दिन नसकेको अवस्थामा कम्पनीको विश्वसनियता र हालसम्मको ब्राण्ड ख्यातिका कारण ग्यारेन्टी दिईएको पौडेलले स्पष्ट पारेका छन् ।

इजी मोबाइल केयरले ताम्रकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको आफ्नो विश्वस्तरीय र आईएसओ मापदण्ड अन्तरगत रहेको सर्भिस सेन्टरमार्फत नेपालमा शाओमी, रियलमी, वानप्लस, ह्वावे, जेडटीई, अल्काटेल, कुलप्याड, माइक्रोम्याक्स, इन्टेक्स, आईटेल,टेक्नोलगायत मोबाइल फोन ब्राण्डको आधिकारीक सर्भिस सेन्टर संचालन गरेको अनुभव रहेको बताए ।

पछिल्लो समय मोबाइल प्रयोगकर्ताहरुका लागि बिक्रीपछिको मर्मत शुल्क महंगो भईरहेको छ। यसले सेवाग्राहीहरुलाई थप असर पारेको छ। जसले गर्दा उनीहरुलाई सस्तो मूल्यमा डिस्प्ले टच परिवर्तन गरिदिएपछि केहि राहत र सहुलियत हुने इजी मोबाइल केयरले अपेक्षा गरेको छ।यसले पुरानै फोनको डिस्प्ले फेर्न सहज हुनेछ भने नयाँ फोन किन्नुपर्ने ग्राहकहरुको बाध्यता नहुने र मोबाइल आयातको लागि विदेशमा रहेका नेपालको मुद्रासमेत बचत हुने ।

इजी मोबाइल केयरले यसअघि नेपालमा पहिलो पटक शुन्य ब्याजदरमा मोबाइल फोनको किस्ताबन्दी सेवा सफलतापूर्वक संचालन गरेको छ। जसमा २५ हजार भन्दा बढि सेवाग्राहीले सेवा लिएका थिए।

१०० दिनको ग्यारेन्टी भनेको के हो ?

मर्मत गरी सामान फेरेको १०० दिन भित्र बिग्रिएमा निशुल्क फेरीदिने भनेको हो। यसको अर्थ भनेको हामीले गुणस्तरीय सामानको प्रयोग गर्दछौं भन्ने हो। हामीले फेरिदिएको डिस्प्ले टच हतपत्ति बिग्रँदैन र यदि बिग्रिहालेमा पनि निशुल्क फेरीदिने भनिएको हो। हामीले यस क्षेत्रमा बिगत एक दशक भन्दा धेरै समय बिताएको र लामो अनुभव हासिल गरेको तथा कम्पनी प्रतिको विश्वास र ब्राण्डका कारणले गर्दा संभव भएको हो।

इजी मोबाइल केयरले हाल यो सेवा काठमाडौंमा मात्र उपलब्ध गराउने र आगामी दिनमा यसलाई देशभर ७७ जिल्लामा नै रहेका आफ्ना सर्भिस सेन्टरबाट ९९९ रुपैयाँमा डिस्प्ले टचको सेवा सुविधा दिने भएको छ । यसको लागि कम्पनीले कोरिया र चीनबाट थप अत्याधुनिक उपकरण र सामग्रीहरु ल्याउने प्राकृयामा रहेको छ।